उत्कृष्ठ लेग स्पिनर शेन र्वानको ५२ वर्षको उमेरमा असामयिक निधन

इन्भेष्टोपेपर । फागुन २१, २०७८

काठमाडौंं । अष्ट्रेलियन क्रिकेटर एवं उत्कृष्ठ लेग स्पिन शेन र्वानको ५२ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई इतिहासकै सर्वाधिक उत्कृष्ठ क्रिकेटरका रुपमा लिइन्छ । उहाँको थाइल्याण्ड निधन भएको र मृत्युको कारण हृदयाघात भएको हुन सक्ने बताइएको छ ।

उहाँलाई उहाँकै भिल्लामा अचेत अबस्थामा फेला पारिएको र चिकित्सक टोलीले उहाँले बचाउन कोशिश गरे पनि त्यो संभव नभएको सीएनएनको समाचारमा जनाइएको छ । पारिवारिक गाेप्यता र अनुराेधका कारण विस्तृत विवरण नबताक्षएकाे समाचारमा उल्लेख गरिएकाे छ ।

शेन वार्नकाे नाममा ७०८ वटा टेष्ट विकेट लिएकाे रेकर्ड कायम छ, जुन अष्ट्रेलियाकाे सबैभन्दा धेरै हाे र उहाँले १५ बर्षे खेल जीवनमा याे उचाइ हासिल गर्नुभएकाे हाे । विश्वमा सबैभन्दा धेरै विकेट लिने खेलाडीमा श्रीलंकाका मुथैया मुरलीधरण पछि दाेश्राे नंबसमा उहाँकाे नाममा रेकर्ड छ ।

उहाँ पत्नी तथा तीन जना सन्तानकासाथ रिटायर्ड जीवन बिताइरहनु भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *