मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रम धामलाई सहयोग

इन्भेष्टोपेपर । फागुन २५, २०७८

काठमाण्डाैँ । मुक्तिनाथविकास बैंक लि.ले सामाजिकउत्तरदायित्वअन्र्तरगतविभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसारबैं कले कपिलवस्तु स्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ।

बैंकले श्री कैलाश आश्रम धामद्धारा संचालितश्री मनकामना गुरुकुलमाभवननिर्माण कार्य सम्पन्नगर्नका लागिआर्थिक सहयोग गरेको हो । बैंकले श्री कैलाश आश्रम धामलाई एक कार्यत्रमबीच चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जि .सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *