भक्तपुर उद्योगवाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

इन्भेष्टोपेपर । चैत्र ०२, २०७८

काठमाण्डाैँ । भक्तपुर उद्योगवाणिज्य संघ र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गर्न’ भएको थियो ।

सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पुर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पार्नु भएको थियो ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रकास पानर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *