उपत्यकामा एभरेष्ट बैंकका थप दुई शाखा विस्तार

इन्भेष्टोपेपर । चैत्र ०३ २०७८

काठमाडौं । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काठमाडाौंको काँडाघारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । थिमी शाखा उद्घाटन बैंक सञ्चालक . नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गर्नुभयाे ।

काँडाघारी शाखा उद्घाटन बैंक सञ्चालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा गर्नुभयाे । कार्यक्रमा बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतकाे उपस्थित रहेकाे थियाे ।

उक्त अवसरमा बैंक सञ्चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दालाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको बताउनुभयाे । हाल बैंकले ११२ शाखा, १४५ एटीएम, ३१ वटा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *