पूर्वमन्त्री सिंह र चर्चित कलाकार करिश्मा मानन्धर एमालेमा

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउनुभएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा तथा टिका लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे।

पूर्वमन्त्री सिंहले आफ्नो नेतृत्वको समाजवादी जनता पार्टीलाई एमालेमा समाहित गराउनुभएको छ।सिंहसँगै समाजवादी पार्टीका नेता शिव पटेल, नाम्गेल शेर्पालगायत नेता तथा कार्यकर्ताहरू समेत एमाले प्रवेश गर्नुभएको छ।

चर्चित अभिनेत्री करिश्मा मानन्धर डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको तत्कालिन नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गर्नुभएकाे थियाे भने पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हुनुहुन्थ्याे ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका नेता बाबुराम कौसिक पनि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *