कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने

इन्भेष्टोपेपर । चैत्र १०, २०७८

भरतपुर । चैत १२ गतेसम्म भरतपुरमा सञ्चालन हुने कृषि कर्जा मेलाकाे उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताउनुभयाे ।

मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उहाँले बताउनुभयाे । पाेडेलले भन्नुभयाे, “बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्य श्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताउनुभयाे । “नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसानसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन् ।”

बैंकर शाहले भन्नुभयाे, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।”

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उहाँले बताउनुभयाे । “अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरु अगाडी बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन । तर, हामी सावाँ र थारै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहन्छौं ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *