कुरा हैन, काम गरेर देखाऔँ : अध्यक्ष लिङ्देन

इन्भेष्टोपेपर । चैत्र १७ २०७८

चन्द्रौटा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा मात्र गरेर हैन काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ । निर्वाचनको बेला कुरा गरेर जनमतलाई आफूतर्फ ल्याउने र पछि कुनै काम नगर्ने प्रचलन अब अन्त्य भएको जिकिर गर्नुभयो ।

कपिलवस्तुको जितपुरमा बुधवार आयोजित पार्टीको आमसभा तथा प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।    
    
“पटकपटक अन्य पार्टीलाई जिताउँनुभयो, अब एक पटक रापप्रालाई जिताउँनुहोस्”, लिङ्देनले भन्नुभयो, “पाँच वर्षको लागि राप्रपाालाई जिताए देशको मुहार फेर्ने छौँ ।” एकतीस वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै उहाँले अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने बताउनुभयो ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *