बाइक, स्कुटर सट्टापट्टा मेला कार्यक्रम आयोजना
इन्भेष्टोपेपर । चैत्र १९, २०७८
काठमाण्डाैँ । Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal ले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सट्टापट्टा मेला कार्यक्रम आयोजना गरिरहेको छ ।
यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजार सम्म प्राप्त गर्न सक्नु हुनेछ । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल सट्टापट्टा गरी नयाँ Lvneng EV scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।
Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथियम ब्याटरी लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।
EV MOTORS Nepal अनुसार याे स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. ९३ हजार बचत गर्न सक्छ जनाएकाे छ भने कार्यक्रमा सहभागिहरूलाई निशुल्क वासिंग र रमाइला गेमहरू पनि खेलाइने बताएकाे छ ।
