पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद विघटन गर्न सिफारिस
इन्भेष्टोपेपर । चैत्र २०, २०७८
इस्लामाबाद । आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाइदिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न सिफारिस गर्नुभएकाे छ । उक्त घोषणाअघि पाकिस्तानको न्याश्नल असेम्बलीले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएको थियो।
उहाँले राष्ट्रपति आरिफ अल्वी समक्ष संसद विघटनका लागि सिफारिस गर्नुभएकाे हाे । राष्ट्रका नाममा सम्बोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएउनु भयाे ।
उहाँ विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उप- सभामुख क्वासिम सुरीले खारेज गृनुभएकाे थियाे ।
अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा आइतवार सम्वोधन गर्दै उहाँले चुनावको तयारी गर्न निर्देशन समेत दिनुभएकाे छ । उहाँले सरकारबाट हटाउने निर्णय गर्ने अधिकार जनतालाई मात्र भएको पनि बताउनु भएकाे छ । एजेन्सी
