अजोड इन्स्योरेन्सको आयोजनामा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम
इन्भेष्टाेपेपर । चैत्र २५, २०७८
काठमाण्डाैँ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा यही चैत्र २२ देखि २४ गतेसम्म रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
तालीम कार्यक्रममा २९ जना बीमा अभिकर्तालाईको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीलेले गर्नु भएको थियो ।
