फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

इन्भेष्टाेपेपर ।  चैत्र २९, २०७८

काठमाण्डाैँ । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगर देखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ बर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनि आगन्तुकहरुको मन जित्न तत्पर रहेको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुबिधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्ने छन् ।

साथै केबलकारबाट पोखरा शहर, फेवाताल, शिवप्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सक्नेछन् । पोखरामा नयाँ अनुभवकालागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *