षड्यन्त्रपुर्वक लादिएको धर्म निरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रन्या पराजुली

- राजाराम दास ।  चैत्र २९, २०७८

जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।

जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसिया को बाली देखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको दुखद अवस्था प्रति चिन्ता व्यक्त गर्दै सत्ता परिवर्तन को आन्दोलनमा षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताउनु भएको छ। 

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले माता जानकीको आशीर्वाद ले अभियान सफलहुने दृढ विश्वास व्यक्त गर्दै सबलाई आआफ्नो स्थानबाट लाग्न आह्वान समेत गर्नु भएको थियो। 

अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले राष्ट्र भनेकै व्यक्तिहरू भएकोले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हो। इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा देश हिन्दू राष्ट्र नै रहेको दाबी गर्दै उनले शासन व्यवस्था जुन सुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्नु भयो। 

त्यसैगरी समाजसेवी ज्योत्सना साउद ले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएको मा धन्यवाद दिदै लोक कल्याणकारी राज्यनै रामराज्य भएको चर्चा गर्नु भयो। अभियानलाई सार्थकता प्राप्त हुने र नेपालले हिन्दू राष्ट्र को गौरव प्राप्त गर्ने दृढ विश्वास पनि उहाँले व्यक्त गर्नु भएको थियो। 

कार्यक्रम संयाेजक मारवाडी सेवा समिति, जनकपुरका अध्यक्ष तथा उद्योगी व्यवसायी निर्मल चौधरीले विस्वासयोग्य पात्र पाएको कारण अभियान सफल हुने बताएका थिए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *