शे-फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

इन्भेष्टाेपेपर ।  वैशाख १३, २०७९

काठमाडौं । डोल्पाको फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै मनोनयनपत्र दर्ता भएको छ । लामाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।

एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ । गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन् ।

अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा नेकपा एसका छार्काताङ्सोङ लामा निर्विराेध निर्वाचित भएका छन् ।

गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *