दक्षिण कोरियाकाे नयाँ प्रधानमन्त्रीमा हान डक सु नियुक्त

इन्भेष्टाेपेपर ।  जेठ ७, २०७९

सोल । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  

उहाँले आफूले भने यही मे १० मा सपथ लिनु भएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो । उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो । 

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो । प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।  (रासस/सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *