आजबाट “प्लाष्ट नेपाल २०२२” शुरु
इन्भेष्टाेपेपर । जेठ १२, २०७९
काठमाण्डाैँ । प्लाष्ट नेपाल फाउण्डेशनले आज देखि १४ गते शनिवारसम्म काठमाण्डौंको भृकुटी मण्डपमा “प्लाष्ट नेपाल २०२२” नामक प्लाष्टिक प्रदर्शनीको माननीय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यमा उद्घाटन भएकाे छ ।
फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको हुनेछ । यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु छन् ।
प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र नेपालमा प्लाष्टिकको दिगो वृद्धीकाे लागि निरन्तर काम गरिरहेका छ । नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।
नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्धनगरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
