सुप्रिम र पुजाको आवाजमा आयो ‘हाम्रो माया चर्किएको’ बाेलकाे गीत (भिडियोसहित)

इन्भेष्टाेपेपर ।  जेठ २२, २०७९

काठमाण्डाैँ । अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक सुप्रिम मल्ल ठकुरी/प्रविन बेडवाल र मिठो स्वरकी धनी गायिका रचना रिमाल/पुजा देवकोटाको समुधुर आवाजमा ‘हाम्रो माया चर्किएको’ बाेलकाे गीत सार्वजनिक भएको छ ।

यस गीतमा लोक प्रिय सर्जक बिमल डाँगीको शब्द,संगीत रहेको छ। लोक प्रिय सर्जक बिमल डाँगी विगत धेरै लामो समयदेखि अमेरिका बसेर नेपाली गीत संगीतलाई प्रोत्साहन गरिरहेका छन् ।

बिनोद बमको निर्देशन रहेको उक्त भिडियोमा माेडल अल्फाज़ शाह/रिचा थापा/सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् ।

प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र बि.बि.अनुरागीले संगीत संयोजन गरेका हुन् । याे म्यूजिक भिडियो Bimal Dangi अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *