आगामी तीन दिनको मौसम पूर्वानुमान तथा विश्लेषण

इन्भेष्टाेपेपर ।  जेठ २६, २०७९

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही  प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन र चट्टयाङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।

शुक्रवार  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा  सामान्यदेखि पूर्ण बदली  रही गण्डकी तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली र वाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिवार  प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु तथा मघेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *