नेपाल टेलिकमकाे डाटा र भ्वाइस प्याक सुविधाहरु नमस्ते पे एपबाट
इन्भेष्टाेपेपर । जेठ २७, २०७९
काठमाडौँ । नमस्ते पे प्रयोगकतााहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा र भ्वाइस प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्नेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्नेछन्।
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र ठूलो बैंक राष्ट्रय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फाेन अावश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँचु नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।
