सर्वसाधारणकाे लागि अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओ निष्कासन

इन्भेष्टाेपेपर ।  असार २०, २०७९

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन भएको छ । कम्पनीले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएकाे छ । आईपीओमा आवेदन दिने समय छिटाेमा असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप गरिने बताइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कुल लागत ५ अर्ब रुपैयाँमा सोलुखोलाको पानीबाट २३ दशमलव ५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न भै विद्युत बिक्री भैरहेकाे छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड २७ लाख रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *