अजोड इन्स्योरेन्सकाे कोहलपुरमा कृषि तथा पशुपन्छी अभिकर्ता तालिम सम्पन्न
इन्भेष्टाेपेपर । साउन १९, २०७९
काठमाण्डाैँ । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपकपोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा ३३ जनाअभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गर्नु भएको थियो ।
अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषिबीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रस्ट बुज्न सकिन्छ। सो कार्यक्रममाअजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीकासाथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।
