नबिल बैंकद्धारा कनकाई नगरपालिकामा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर ।  साउन १९, २०७९

झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बंैकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

दिगो बैंकिङलाई प्रबर्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रबर्धन गर्न थप हौसला दिएको बताए ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुति दिनुकासाथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *