महिलामा हुनु पर्ने ३२ गुणहरु के के हुन त ?

न्भेष्टाेपेपर । साउन १२, २०८०

हिन्दु धार्मिक परम्परा अनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ ।

खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ । आजको आधुनिक समयमा यस्तो विश्वास त  गर्न छोडिसकेका छन् तर पनि हाम्रो पुरानो सस्कार कस्तो थियो भनि थाहा पाउन सकिन्छ ।

 महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु 

  • अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता
  • पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा भएको
  • हातका औँला लामा–लामा
  • औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका
  • छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज
  • शरीरमा विभिन्न सात सुगन्ध
  • हरिणका जस्ता फिला
  • गुप्ताङगहरु गुप्त
  • शरीरको माथिल्लो भाग सलक्क मिलेको
  • शरीरका सम्पुर्ण अङगहरु सुगठित
  • काँध पुष्ट, चौडा र गोलो
  • पाखुरा राम्ररी फर्कने
  • पाखुरा लामा
  • सम्पुर्ण शरीर तेजोमय
  • शंख समान घाँटी
  • सोझो र सिंहको जस्तो चिउँडो
  • ३२ वटा दाँत
  • चम्किला र टमक्क जोडिएका दाँत
  • समान मिलेका दाँत
  • बंगारा स्वच्छ र सुन्दर
  • जिब्रो लामो
  • विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति
  • पातलो (सुरिलो) स्वर
  • बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी
  • कुरा (बाचा)मा अडिक
  • आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा
  • मिलेको कपाल
  • अल्छी नहुनु
  • शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ
  • चमक्क चम्किने केश
  • स्वभाव लज्जालु
  • दृढआत्मविश्वास

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *