विश्व अल्छीपन दिवस: ‘अल्छीपन प्रगतिको इन्जिन हो’
इन्भेष्टाेपेपर । भाद्र ७, २०७९
सन् १९८५ देखि कोलम्बियाका नागरिकहरूले विश्व अल्छी दिवस मनाउँदै आएका छन्। याे दिवस १० अगस्तकाे दिन मनाइन्छ । यहाँका मानिसहरू वर्षकाे एकपटक खाटसहितकाे जुलुस निकाल्छन ।
उनीहरू काेलम्बियाकाे मेडेयिन सहरको दक्षिणमा रहेको इटागुइ नगरपालिकामा कला र संस्कृति पर्वको अन्तिम दिन खाटमा बसेर परेड खेल्छन्।
आयोजकहरू आधुनिक विश्वमा सुस्ताउन तथा कला, संस्कृति जगेर्ना गर्न सिक्नुपर्ने विश्वास गर्छन्। उनीहरूकाे अर्काे मान्यता चाँहि जीवनमा काम गर्नु मात्र सबैथाेक हाेइन भन्ने सिकाउन पनि हाे ।
याे आराम गर्न खाटमा ढल्किने र केही पनि नगर्ने दिन हाे । किनभने याे अल्छीपन दिवस हाे ।
जब मानिसहरूलाइ पकाउन असाध्यै अल्छी लाग्छ उनीहरू रेष्टुरेन्टमा जान्छन । जब लुगा धुन असाध्यै अल्छी लाग्छ तब उनीहरू वासिंग मेसिन किन्छन । यसैगरि जब लथालिंग भएकाे घर व्यवस्थित गर्न असाध्यै अल्छी लाग्छ तब कुनै सहयाेगीकाे खाेजी हुन्छ ।
त्यसैले विश्व अल्छीपन दिवस आजकाे अर्थतन्त्रकाे इन्जिन हाे । (बीबीसीबाट)
