मतपत्र छपाइमा अन्योल, निर्वाचन कार्यतालिका प्रभावित हुने

इन्भेष्टाेपेपर ।  भाद्र २०, २०७९

काठमाडौँ ।  मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो। 

आयोगले राप्रपा नेपाललाई दिएको ‘तीर’ चुनाव चिह्नको कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अल्पकालीन आदेश गरेपछि मतपत्रको डिजाइन गर्न ढिलाइ भएको आयोग स्रोतले जनाएको छ। उक्त मुद्दामा सर्वोच्च अदालतले सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ तर आयोगले उक्त आदेश ‘भ्याकेट’ गर्न निवेदन दिएको छ। अदालतको आदेशले कामकारबाहीमा समस्या उत्पन्न हुने अवस्थामा सम्बन्धित निकायले आदेश बदर गर्न दिने निवेदन ‘भ्याकेट’ हो। 

भदौ ८ गते आयोगले राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय ग-यो तर सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेपछि राप्रपा नेपाल तत्काल चुनाव चिह्नविहीन हुन पुग्यो। त्यसअघि आयोगले असार २७ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले माग गरेको ‘गाई’ चुनाव चिह्न दिन नमिल्ने निर्णय गरेको थियो। आयोगको उक्त निर्णयप्रति चित्त नबुझेर थापा सर्वोच्च अदालत पुग्नुभएको थियो। सर्वोच्च अदालतले साउन ८ गते उक्त चिह्न अन्य कुनै दललाई नदिनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *