खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

इन्भेष्टाेपेपर ।  भाद्र २०, २०७९

काठमाण्डाैँ । आज भाद्र २० गते सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनहरु मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई भाद्र ०८ देखि भाद्र १२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्काशनमा निष्काशन गरिएको कूल शेयर १ लाख ३२ हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब १६८.६४ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल संस्थापक तर्फ लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *