प्रभु क्यापिटलले ल्यायाे हितग्राही ग्राहकको लागि विशेष अफर

इन्भेष्टाेपेपर ।  भाद्र २४, २०७९

काठमाण्डाैँ । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले गाेल्ड जिमसंग सम्झौता गरेको हो ।

आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलीटसहरू, बडीबिल्डरहरू, सैनिक लगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ ।

नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्तकुना–टीकाभैरव रोडमा रहेको यसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण, सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योगलगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।

नेपाली पूँजी बजारमा भिडियाे केवासी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *