नबिल र युनिलिभरबीच च्यानल फाइन्यान्सिंगका लागि सम्झौता

इन्भेष्टाेपेपर ।  भाद्र २५, २०७९

काठमाडौं । नबिल बैँक लि. र युनिलिभर नेपाल लि. बीच Channel Financing सुविधाका लागि सहकार्य भएको छ । नबिल बैँक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशकअमलान मुखरले भाद्र २० गते हस्ताक्षर गर्नु भएको थियो ।

उक्त अवसरमा नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेतका साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थिति रहेकाे थियाे । सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई Channel Financing सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले Channel Financing को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पूँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट Channel Financing कर्जा उपभोग गर्न पाउने छन् ।

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पूँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ Channel Financing सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *