गायिका जुनु रिजालको ‘मलाई माया गर’ गीत सार्वजनिक (भिडियो)
इन्भेष्टाेपेपर । असाैज ४, २०७९
काठमाडौँ । गायिका जुनु रिजालको स्वर रहेको ‘मलाई माया गर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सेप्टेम्बर १६ तारिखमा रिलिज गरिएको भिडियो रामचन्द्र काफ्लेको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
धिरज त्रिबेनीका शब्द शृजनामा तुला सिलवालकाको संगीत शृजना रहेको गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ । रोशन श्रेष्ठको छायांकन रहेको गीतको सम्पादन र कलरिगं प्रविन श्रेष्ठको रहेको छ ।
प्रेम र विरह दर्शाउने सार्वजनिक गीले अरेक प्रेमी मनको दिल छुने गायिका रिजाल बताउँछिन् ।
