पूर्वआईजीपी सर्वेन्द्र खनाल तथा अब्दुस मिया लगायतका नेता एमालेमा प्रवेश

इन्भेष्टाेपेपर ।  असाैज ६, २०७९

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल तथा विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया लगायतका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार नेकपा एमाले केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् ।

खनाल नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका छन भने अब्दुस मिया काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने चर्चा थियो । चर्चा चलिरहेकै बेला उनी बिहिबार नेकपा एमाले प्रवेश गरेका छन् ।

खनाल र मियाँसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *