सन नेपाल लाईफ इन्स्योरेन्सकाे पाँचौं बार्षिक उत्सवमा विविध कार्यक्रम

इन्भेष्टाेपेपर ।  असाैज ७, २०७९

काठमाण्डाैँ । आश्विन ६ गते सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *