कृषि विकास बैंक संचालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त
इन्भेष्टाेपेपर । असाैज ७, २०७९
काठमाण्डाैँ । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन हुनु भएको छ ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सुमन दाहाललाई बैंक संचालक समिति बैठक नं. ९८३ का अध्यक्ष डा.राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।
