मञ्जुश्री फाईनान्सकाे शाखा कार्यालय कुमारीपाटीमा

इन्भेष्टाेपेपर ।  असाैज १३, २०७९

काठमाण्डाैँ । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक अध्यक्ष दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

२०७९ साल भाद्र मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.५२ अर्ब निक्षेप संकलन गरि रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *