बेलायती प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै दिइन् राजीनामा

इन्भेष्टाेपेपर ।  कार्तिक ३, २०७९

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनु भएको छ । एक सातादेखि चर्को दवावको सामना गरिरहेकी बेलायती प्रधानमन्त्री लिज ट्रसले अन्तत: बिहीबार राजीनामा दिनु भएको हो ।

केही समयअघि उहाँले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट अगाडि पत्रकारहरुसँग आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसक्ने बताउनु भएको थियो । उहाँले आफू प्रधानमन्त्री पदमा निर्वाचित भएको अवधिमा आर्थिक र अन्तर्राष्ट्रिय अस्थिरताको अवधि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ कि वर्तमान अवस्थामा कन्जरभेटिभ पार्टीले मलाई निर्वाचित गरेको जनादेश पूरा गर्न सक्दिँन् ।’ उहाँले राजा चार्ल्ससँग कुरा गरेको र कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिएको जानकारी गराएको जानकारी गराउनुभयो ।

यससँगै, लिज ट्रसले आज १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्राडीलाई भेट्नु भएको थियो । भेटमा दुर्वबीच आगामी साता पार्टीको नेता चयन गर्ने र उत्तराधिकारीको चयन नभएसम्म लिजलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा काम गर्न दिने सहमति भएको छ ।

कन्जरभेटिभ पार्टीको विशेष नियम समिति, १९२२ का अध्यक्ष ब्राडीले लिजलाई भेटेर पार्टीले उहाँलाई अब नेताको रूपमा देख्न नचाहेको बताउनु भएको हो । यसअघि बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले बुधबार मन्त्रिपरिषद्बाट राजीनामा दिनु भएको थियो । केही दिनअघि अर्थमन्त्री क्वासीले पनि राजीनामा दिनु भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *