प्रणामी सिङ्गगिङ्ग आईकन रियालिटी सो बाट छानिएका १२ जनाबीच प्रतिष्पर्धा

इन्भेष्टाेपेपर ।  कार्तिक १, २०७९

काठमाण्डाैँ । श्री कृष्ण प्रणामी समाजको आयोजनामा धार्मिक क्षेत्रको प्रथम सांगितिक रियालिटी शो प्रणामी सिंगिंग आइकन प्रसारण भइरहेको छ ।

भगवान्का रुपमा पुजिने कृष्णको जीवन र उनले मानवहितका लागि गरेका अनेकौं कार्यका स्मरण गर्दै आयोजित यो आइकन दिव्यदर्शन टेलिभिजनबाट प्रत्येक बिहिबार राति साँढे ८ बजे प्रसारण भइरहेको छ ।

डिजिटल अडिसनमार्फत छनौट भएका १२ जना प्रतियोगीहरुबीच हालसम्म तेश्रो चरणको श्रृंखला सम्पन्न भइसकेको छ । यो शो प्रणामी सिंगिंग आइकन युट्युबबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ ।

चौथौ चरणका लागि १० जनाबीच प्रतिस्पर्धा हुने यस कार्यक्रमको आयोजक कृष्ण प्रणामी सेवा समिति नेपाल, कृष्ण प्रणामी युवा परिषद नेपाल र कृष्ण प्रणामी वाइजुराज महिला समिति नेपाल रहेका छन् ।

आगामी माघ महिनामा ग्राण्ड फिनाले सम्पन्न हुने यस शोका विजेतालाई नगद तथा विभिन्न आकर्षक उपहारबाट सम्मानित गरिने शो कार्यक्रमका संयोजक भोला दाहालले बताउनु भयो । यस कार्यक्रममा छिमकी मुलुक भारतका सिक्किम, दार्जिलिंग र नेपालका विभिन्न भूभागबाट सहभागीहरु छनौट भएका छन् ।

यस कार्यक्रमको परिकल्पना र निर्देशन नवीन तिमल्सिनाले गर्नुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *