गजल गायक थानेश्वर गौतमकाे ‘पत्थर जस्तो दिल’ सार्वजनिक

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

काठमाडौँ । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर दिनुभएको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो। 

भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलो पटक हेरेपछि उसको रूपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको गजलमा स्वयं रचनाकार नरेश ज्ञवाली निर्माता रहनुभएको छ।

भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो। गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत गीतको भिडियो सार्वजनिक भएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *