विकासका काममा भ्रम नछरौँ: उपाध्यक्ष पौडेल

इन्भेष्टाेपेपर ।  कार्तिक १५, २०७९

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा भ्रम नछर्न आग्रह गर्नुभएको छ । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उहाँले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको उल्लेख गर्नुभयो ।

बुटवल–११ युद्धनगरमा साेमबार तिनाउ–दानव करिडोरबारे छलफल गर्दै रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने स्पष्ट पार्नुभयो । करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उहाँले विकासका नाममा कसैले पनि घरबारविहीन हुनु नपर्ने बताउनुभयो ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

कार्यकर्तासँगको छलफलमा एमाले पोलिटब्युरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकारमा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गर्नुभयो । उहाँले ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गर्नुभयो ।

यहाँको पर्यटकीय क्षेत्रको विकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानीलगायतका मुद्दा आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *