दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने आयोगको निर्णय
इन्भेष्टाेपेपर । मंसिर १३, २०७९
काठमाण्डाँ । निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ ।
दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्र रहेका छन् ।
यसैगरि वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” केन्द्रमा मिति २०७९ /०८/०४ मा भएको मतदान रद्द गरी पुन: मतदान गराउने आयोगले निर्णय गरेकाे छ ।
