विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू

इन्भेष्टाेपेपर ।  मंसिर १७, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।  शनिबार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ भने अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *