फिफा विश्वकपका क्वाटरफाइनल खेल आजबाट
इन्भेष्टाेपेपर । मंसिर २३, २०७९
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु शुरु हुँदैछन् । आज शुक्रवार दुई क्वाटरफाइनलका खेलहरु हुनेछन् ।
पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।
नकआउट चरणकाे खेल हुनाले ब्राजिल र क्राेएसिया जीतका लागि भिडन्त गर्नेछन भने अर्जेन्टिना र नेदरल्याण्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।
