आज ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

न्भेष्टाेपेपर ।  मंसिर २४ २०७९

काठमाण्डाैँ । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।

७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीतिमा मानव अधिकारलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री रहेका पनि उल्लेख गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *