प्राइम लाइफ इन्स्योरेन्सकाे साधारण सभा पुस २४ मा, प्रस्तावहरू के के छन्?
इन्भेष्टाेपेपर । मंसिर २८ २०७९
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पन्ध्रौं वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ हुने जानकारी दिएको हो ।
सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक र सर्वसाधारण समूहको शेयर अनुपात क्रमश ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले मर्जर समितिबाट पेश भएको यूनियन लाइफ र गुँरास लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि कम्पनीको शेयर कारोबार जेठ ३ गते देखि रोक्का रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने जनाएको छ ।
