हाइटीलाई तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

न्भेष्टाेपेपर ।  पुष ७, २०७९

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गर्नुभएको हो । उहाँले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ– हामीलाइ लागेको छ कि अहिले हाइटीको अवस्था निकै खराब छ, यस्तो अवस्थामा विश्व समुदायले उसलाई सहयोग नगर्ने हो भने अवस्था झन विग्रिँदै जाने अवस्था छ । त्यसैले हाइटीका लागि तत्कालै मानवीय सहायताको खाँचो रहेको छ ।

त्यहाँको आर्थिक अवस्था नाजुब बन्दै गएको, खाद्य असुरक्षा बढेको र अत्यावश्यकीय वस्तुको आपूर्ति पनि हुन नसकेको अवस्था त छँदैछ, त्यसैमा पनि पछिल्लो समयमा यहाँ सुरक्षाको अवस्था पनि कमजोर भएको बताइएको छ ।

यहाँ विभिन्न आपराधिक समूहहरु जन्मिएका र उनीहरुले लुटपाट पनि मच्चाउने गरेका भन्दै पछिल्लो समयमा हाइटीमा हिंसा बढ्दो रुपमा रहेको देखिएको पनि उहाँले बताउनुभयो ।

खाद्य असुरक्षा बढेको, स्वस्थ पानीको अभावमा हैजा तथा झाडापखालाका विरामी बढेको, बालबालिकामा पनि पोषणको अभावमा समस्या बढेको तथा मानिसहरुको आन्तरिक विस्थापित हुनेहरुको संख्या प्रतिदिन बढ्दै गएका कारण यहाँ समस्या उत्पन्न भएकाले आवश्यक मात्रामा अन्तर्राष्टिय सहयोगको खाँचो रहेको उहाँले बताउनुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *