नेपाल इन्भेष्टमेण्ट बैंककाे वार्षिक साधारण सभा सम्पन्न, मर्जरकाे प्रस्ताव पारित
इन्भेष्टाेपेपर । पुष ८, २०७९
काठमाण्डाैँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को ३६ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा लगानीकर्ताहरुलाई ११ प्रतिशत लाभांश (४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद) वितरण गर्ने निर्णय सभाबाट पारित भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्व ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, यस बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लि. बिच मर्जरमा जाने निर्णय यसै साधारण सभाबाट पारित भई छिट्टै मर्जर प्रकृया सम्पन्न गरी संयुक्त कारोवार गर्ने क्रममा रहेको छ ।
