नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड-२०२३ समारोह सम्पन्न
इन्भेष्टाेपेपर । पुष २६, २०७९
काठमाण्डाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पौष २४ गते काठमाडौंको हायतप्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड-२०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमाशुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ।
कार्यक्रमको शुभारम्भ पानसमा दिपप्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गर्नुभएको हो । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गर्नु भएको थियो ।
उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथसाथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।
कार्यक्रमको समापन गर्दै कम्पनीकानायबप्रमुखकार्यकारी अधिकृत अमित कयालले कार्यक्रममा सम्मानित हुनेअभिकर्ता महानुभावहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो। अधिकृत कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापनअभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताउनु भयो
२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
