मञ्जुश्री फाईनान्सको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर ।  माघ १, २०७९

काठमाण्डाैँ । मञ्जुश्री फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा पौष २९ गते थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भयो ।

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित भयोे ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरि रु ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *