“एनआईबिएल सहभागिता फण्ड” को आकार बृद्धि

न्भेष्टाेपेपर ।  माघ ६ २०७९

काठमाण्डाैँ । नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को आकार बृद्धि भई रु. २ अर्बसम्मको इकाई बिक्रि गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त भएको छ ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ ।

संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजना मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ बर्ष अघि यस योजना रु. २० करोडको आकारमा संञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिकोउच्च आकर्षणका कारणले हाल रु. १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ ।

हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *