आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

न्भेष्टाेपेपर ।  माघ ९ २०७९

काठमाडौं । आज रातिदेखि देशको पश्चिम क्षेत्रको पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *