आँधिखोला लघुवित्तको दोस्रो त्रैमाससम्मको नाफा घट्यो

इन्भेष्टाेपेपर ।  माघ २३, २०७९

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्षको सोही अवधिसम्म ५४ प्रतिशत कम भएको छ ।

गत वर्ष रू. २ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड १२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । 

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी २१ दशमलव ६६ प्रतिशत कम हुनु सम्भावित जोखिम शिर्षकमा २७ दशमलव ४५ प्रतिशत बढी रकम छ्ट्याउनु र खराब कर्जा संकलन पनि गत वर्षभन्दा कम हुनु लगाएतका कारणले कम्पनीको खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. ३ करोड ९९ लाखभन्दा बढी रहेको खुद ब्याज आम्दानी यस वर्ष रू. ३ करोड १२ लाखभन्दा बढी मात्र भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ भने जगेडा कोष रकम रू. ८ करोड ४९ लाखभन्दा बढी छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा २१ दशमलव ३३ प्रतिशत कम रू. ७७ करोड ६१ लाख कर्जा सापटी लिएको छ भने करिब १८ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड ५२ लाख कर्जा प्रवाह गरेको छ ।

यसैगरि, यस अवधिमा कम्पनीले गत वर्षभन्दा १६ दशमलव ४४ प्रतिशत बढी रू. ४९ करोड २३ लाख निक्षेप संकलन गरेको छ ।

गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ९१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ३८ रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *