महिला टी-२० विश्वकपकाे उपाधि अष्ट्रेलियालाई

न्भेष्टाेपेपर ।  फागुन १५, २०७९

काठमाडौं ।  आठौं संस्करणमो महिला टी-२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । केपटाउनमा आइतबार राति भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हरायो ।

साविक विजेता समेत रहेको अष्ट्रेलियाको यो छैटौं विश्वकप उपाधि हो । अष्ट्रेलियाले दिएको एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली अफ्रिका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । 

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ६१ रन बनाउनुभयो । चलोइ ट्रायोनले २५ र मरिजानी कप्पाले ११ रन जोड्नुभयो ।बलिङमा अष्ट्रेलियाका  जीस जोनासेन, ड्रासिक ब्राउन, मिगान स्कुट र एशले गार्डनिरले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेथ मुन्नीले सर्वाधिक ७४ रन बनाउनुभयो ।

यशले गार्डनिरले २९ र अस्लेसा हिल्लीले १८ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका मरिजानी कप्पा र शबनिम स्मालीले दुई दुई विकेट लिनुभयो । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *