कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

न्भेष्टाेपेपर । असार १३, २०८०

चितवन । कामना विकास बैंक ज्योतिनगर शाखाले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । भरतपुर महानगरपालिका–२६ स्थित राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बैंकका शाखाका प्रबन्धक ढुण्डराज पौडेलले जानकारी दिनुभयाे । आगामी दिनमा पनि बैंकले यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङले बैंकको यस कार्यले विद्यार्थीलाई राहत हुनुका साथै पठनपाठनमा थप मद्दत मिल्ने बताउनुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *